१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एनआईसी एशिया क्यापिटलले भदौ १८ गते साधारण सभा गर्ने

२८ साउन, काठमाडाैँ । एनआईसी एशिया क्यापिटलले भदौ १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साउन २६ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को कमाईबाट १८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव रहेको छ । साधारण सभाले अनुमोदन गरेपछि लाभांश रकम एनआईसी एशिया बैंकले पाउनेछ । अहिले क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । एनआईसी एशिया बैंकको शतप्रतिशत स्वामित्व रहेको क्यापिटलले बितरण गर्ने नगद लाभांश एनआईसी एशिया बैंकको आम्दानीमा गणना हुनेछ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १३:३४