१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मुल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?

२८ साउन, काठमाडौँ ।  सुनको मुल्य एकै दिन ६ हजार २ सयले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको मुल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार नेपाली बजारमा सुनको मरल्य प्रतितोला १ लाख १ हजार ६ सय थियो । तर बुधबार सुनको मल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा झरेको छ । एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला  ९४ हजार ९ सय तोकेको छ । यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ११:५८