१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

२७ साउन, काठमाडाैँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ आज बाँडफाँड गरेको छ। आइपीओमा कुल ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँ बराबरको आइपीओ खरिदको लागि आवेदन परेको थियो।

कम्पनीको आइपीओमा आवेदन गर्ने ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताको दरले शेयर हात पारेका छन् ।कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।

सर्वसाधारणमा ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। कम्पनीको आइपीओ सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १०:०८