१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

लिवर्टी ईनर्जीकाे आईपीओ भदौ ३ गतेदेखि निष्काशन हुने

२७ साउन, काठमाडाैँ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ ।  कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गर्ने भएको हाे।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १ सय अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँड नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

सर्वसाधारणले प्रतिकित्ता १ यस अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते हुनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

प्रकाशित मिति : August 11, 2020 at 8:43 am