१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एनआरएन इन्फ्रास्टक्चरको आइपीओ भाेली बाँडफाँड हुने

२६ साउन, काठमाडाैँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ भाेली बाँडफाँड हुने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो।

कम्पनीको आईपीओमा ४ लाख २८ हजार १५३ जना आवेदकबाट १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग भएको छ। जुन माग भन्दा ५.२४ गुणा बढी हो । आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीले २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १९:३२