१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आज पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

२६ साउन, काठमाडाैँ । सुनको मूल्य आज पनि घटेको छ। आज सुन तोलामा २ सय रुपैयाँले घटेको हाे। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख दुई हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियो।

प्रतिकात्मक तस्बिर ।

यसैगरी, चाँदीको मुल्य पनि घटेकाे छ । सोमबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको छ।निरन्तर रुपमा आकाशिएको सुन र चाँदीको मुल्य अन्तरराष्ट्रिय बजारमा घटेसँगै नेपाली बजारमा पनि घटेकाे हो।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार ११:३९