१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड, सेयरधनीले नगद र बोनस दुबै लाभांश पाउने सम्भावना

२५ साउन, काठमाडाैँ । नेपाल बैंकले २ अर्ब ५५ करोड रूपैयाँ खुद नाफा कमाएको छ । असार मसान्तको वित्तीय विवरण प्रकाशित गर्दै बैंकले सेयरधनीलाई वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँ रहेको  बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

बैंकको सेयर पुँजी ११ अर्ब २८ करोड रुपैयाँ छ । गत वर्षको नाफा र सेयर प्रिमियमसमेतलाई हेर्दा बैंकले सेयरधनीलाई नगद र बोनस दुबै लाभांश दिने सम्भावना रहेको छ । सेयर प्रिमियम रकम १ अर्ब ७८ करोड रुपैयाँ छ । उक्त रकम बैंकले बोनस सेयरमार्फत मात्र वितरण गर्नसक्छ ।

बैंकको सेयर पुँजी, सेयर प्रिमियम, अवितरित नाफा, संचित कोष सहितसहित कुल पुँजी ३० अर्ब १८ करोड छ । अर्थात ३० अर्ब १३ करोड रुपैयाँ पुँजी परिचालन गरेर बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको हो ।

बैंकको सञ्चालन नाफा ३ अर्ब ५६ करोड रुपैयाँ छ । गैर सञ्चालन नाफा २७ करोड ५८ लाख रुपैयाँ थपेर बैंकले कर अघिको नाफा ३ अर्ब ८४ करोड आर्जन गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १६।६८ प्रतिशत रहेको छ । खराव कर्जा अनुपात २।५९ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ६५ प्रतिशत छ । बेसरेट ६।९९ प्रतिशत छ भने स्प्रेडदर ३।७० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार २२:५९