अब कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै लकडाउन गर्न सक्ने
२२ साउन, काठमाडाैँ । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने निर्णय गरेकाे छ । मन्त्रिपरिषिद् बैठकको निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । उनले कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यलयमार्फत लकडाउन जारी हुनसक्ने बताएका छन् ।

मन्त्री खतिवडाले जिल्ला प्रशासन कार्यालयले आवश्यकता हेरेर लकडाउन गर्न सक्ने बताउँदै अहिले पनि संक्रमित भएको स्थलमा सातदेखि दश दिनसम्म स्थानीय रुपमा बन्दाबन्दीको अवस्था रहेको बताए । उनले पहिलेजस्तो लकडाउन गर्ने सोचाईमा सरकार नरहेको प्रष्ट पारे ।
मन्त्री खतिवडाले अहिले बढेको संक्रमणको जोखिमले अति उद्दार भएर सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको बताए । त्यस्तै विदेशमा अलपत्र रहेका जो ल्याउनैपर्ने अवस्था भएकोलाई ल्याउने र केही बस्न सक्नेलाई सहज भएपछि नेपाल फर्काउने तयारी रहेको उनले बताए ।
प्रकाशित मिति : August 6, 2020 at 5:38 pm



