६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्रदेश १ का आन्तरिक मामिलामन्त्री कार्की होम आइसोलेशनमा

२२ साउन, विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बस्नु भएको छ । केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश नं.२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना सङ्क्रमण भएको पुष्टिसँगै उहाँ होम आइसोलेशनमा बस्नुभएको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गर्नुभएको छ । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।

प्रकाशित मिति : August 6, 2020 at 5:29 pm