काठमाडौँ उपत्यकामा थपिए ८७ जना कोरोना संक्रमित
२२ साउन, काठमाडाैँ । बुधबार काठमाडौँ उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । काठमाडौँका ७६ जना, ललितपुरका १० जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।
प्रकाशित मिति : August 6, 2020 at 4:44 pm



