बिहिबार ३६० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१ हजार ७५० पुग्याे
२२ साउन, काठमाडाैँ । बिहिबार ३६० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप ३६० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ७५० पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा २३३ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १५ हजार ३ सय ८९ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६५ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 6, 2020 at 4:29 pm



