२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

प्रदेश १ मा बाढी, पहिरो र चट्याङबाट १६ जनाको मृत्यु

२२ साउन, विराटनगर । यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ तेह्रथुम निवासी अन्जना लिम्बू, मेचीनगर–९ झापा निवासी विवेद दर्नाल, भद्रपुर–२ झापा निवासी अंकुश तामाङ, करण थामी, र अर्जुन थामी, सुनवर्षी–६ र ५ निवासी नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभा निवासी निमा शेर्पा, भद्रपुर–२ झापा निवासी कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङ निवासी सौगात राई तथा रामधुनी–७ सुनसरी निवासी दीपेश लिम्बू र मन्दीप लिम्बू छन् ।

फाइल तस्वीर

दीपेश र मन्दीपको अरिङ्गालले टोकेर तथा अन्यको पहिरो, बाढी र रुखले किचेर मृत्यु भएको मन्त्रालयका उपसचिव कमलबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी बेपत्ता हुनेमा सिलिङचोङ–१ सङ्खुवासभा निवासी उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई छन् । उहाँहरु गत असार २८ गते भारी वर्षाका कारण पहिरामा परी बेपत्ता भएको उपसचिव थापाले बताउनुभयो ।

प्रकाशित मिति : August 6, 2020 at 3:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/