१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि

२२ साउन, काठमाडौँ । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाइ कोरोना संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा गरिएकाे परीक्षणमा पाण्डेमा काेराेना संक्रमण पुषर्टि भएकाे हाे । दुई साताअघि सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।


उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : August 6, 2020 at 2:24 pm