चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षीय बालकको मृत्यु
२२ साउन, तनहुँ । तनहुँकाे शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार साँझ करिब ८ बजेतिर आँगनमा खेल्दै गरेका स्थानीय विष्णुकुमार रानाका छोरा रोहन रानालाई चितुवाले लगेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएकाे छ ।

घरका सदस्यहरु घरभित्र अन्य कामकाजमा व्यस्त भएको बेला आँगनमा खेल्दै गरेका रोहनलाई चितुवाले लगेकाे थियाे । उनकाे टाउको र हात मध्यरातमा घरबाट झण्डै तीन किलोमिटर पर जंगलमा भेटिएको छ ।
प्रकाशित मिति : August 6, 2020 at 11:18 am



