२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

२१ साउन, काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

काठमाडौँ जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशालामा काठमाडौँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १, काठमाडौँका १४ जना, पाटन अस्पतालको प्रयोगशालामा काठमाडौँका २ जना ललितपुरका २ जना, शिक्षण अस्पतालमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ११ जना, स्टार अस्पताल सानेपामा काठमाडौँका १ जना, ललितपुरका २ जना, डीआइडीएच ल्याबमा काठमाडौँका १ जनामा कोरोना   संक्रमण पुष्टि भएको हो।
बुधबार थप ३८१ जनामा काेराेना संक्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ३ सय ९० पुगेकाे छ ।

प्रकाशित मिति : August 5, 2020 at 4:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/