बुधबार ३८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१ हजार ३ सय ९० पुग्याे
१९ साउन, काठमाडाैँ । बुधबार ३८१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप ३८१ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ३ सय ९० पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १३० जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १५ हजार १ सय ५६ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६० जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 5, 2020 at 4:30 pm



