१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, कति छ ओपनिङ रेञ्ज

२१ साउन, काठमाडाैँ । साधना लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको छ। लघुवित्तको २१ लाख ७७ हजार ८०० कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो। बिहिबारदेखि कारोबार हुने लघुवित्तको शेयरलाई प्रतिकित्ता १३० रुपैयाँ १३ पैसा देखि ३९० रुपैयाँ ३६ पैसा ओपनिङ रेञ्ज तोकिएको छ। नेप्सेले लघुवित्तको शेयरलाई एसडिएलबीएसएल (SDLBSL) कारोबार संकेत प्रदान गरेको छ।

 

असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गरेको थियो। जसमध्ये ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो।

प्रकाशित मिति : August 5, 2020 at 1:34 pm