१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आजबाट शिखर इन्सुरेन्सको लिलामी सेयर खुल्यो

२१ साउन, काठमाडाैँ । आजबाट शिखर इन्सुरेन्सको सर्वसाधारण समूहको ८७ हजार ४१२.८ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको छ । यसअघि शिखरले असार १४ गतेबाट साउन ४ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यको ३१ लाख ७१ हजार ९३२ कित्ता सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ ।

हाल शिखरको चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार ०९:१३