६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

२० साउन, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण  पुष्टि भएकाे छ।

भक्तपुरका १३, काठमाडौँका ४८ जना, ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो । मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

प्रकाशित मिति : August 4, 2020 at 4:43 pm