९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

प्रदेश १ का मुख्य न्यायधिवक्तासहित परिवारका तीन जनामा काेराेना संक्रमण पुष्टि

१९ साउन, काठमाडाैँ । प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाकाे प्रारम्भिक लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा आचार्यलाई कोरोना संक्रमण पुष्टि भएकाे हाे । आचार्यसहित उनकी श्रीमती र छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

न्यायाधिवक्तासहित परिवारमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत नखुलेको मुख्य न्यायधिवक्ताको सचिवालय जनाएकाे छ । आचार्यकाे परिवार विराटनगर महानगरपालिका ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइन बसेका छन्। उनी दुई हप्ता यता कार्यालय नगएको प्रदेश १ को मुख्य न्यायाधिवक्ता कार्यालयकी सूचना अधिकारी रेवती सुवेदीले जानकारी दिइन्।

आचार्य अफिस नगएपनि केही बैठकहरूमा भने सहभागी भएका थिए। आचार्यसहित तीनै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ।

प्रकाशित मिति : August 3, 2020 at 2:19 pm