मेलम्चीमा पहिरो, आठ जना बेपत्ता, एक जनाको सकुशल उद्धार
१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरो जाँदा आठ जना बेपत्ता भएका छन । प्रहरीका अनुसार गएराति २.०० बजे झरेको पहिरोमा निर्माणमा कार्यरत मजदुर पुरिएका हुन । पुरिएका मध्ये एक जनाको सकुशल उद्धार भएको छ ।
प्रहरीका अनुसार अबिरल बर्षाका कारण मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजारमा पहिरो खसेको हो । पहिरोको कारण मेलम्ची बजारमा निमार्ण हुदै गरेको कर्भडहलमा काम गर्ने मजदुर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरुले बेपत्ताको खोजी कार्य गरिरहेका छन् । प्रहरीका अनुसार बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङभीरमा पहिरो आउदाँ ५ घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले बताएका छन ।

प्रकाशित मिति : August 3, 2020 at 8:59 am



