१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ग्लोबल आइएमई बैंकको एटिएम सेवा उदयपुर जिल्ला अदालत कार्यालय परिसरमा

१८ साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ । उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका माननिय न्यायधीशद्वय श्रीमान दिपक खनाल र श्रीमान मनोज के.सी.ले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।


बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ । कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा पनि ग्राहकलाई निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सदा तत्पर रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार २०:२५