९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काठमाडाैँ उपत्यकामा थपिए ३१ जना काेराेना संक्रमित

१८ साउन, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा आइतबार ३१ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम अनुसार काठमाडौँका २२ जना,  ललिपुरका ८  जना र भक्तपुरका १ जना रहेका छन् ।

आइतबार काठमाडाैँ उपत्यकाका ३१ सहित  देशभर  २४६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ३३२ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार ६७३ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा १११ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार ६०३ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५७ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : August 2, 2020 at 4:46 pm