९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

शनिबार काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

१७ साउन, काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना  संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे बताएका छन्।

जसमा काठमाडौँ उपत्यकामा ५ जना र भक्तपुरका १ जना रहेका छन्। नेपालमा शनिबार ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै देशभर कोरोना संक्रमितको  संख्या २० हजार ८६ पुगेको छ।

प्रकाशित मिति : August 1, 2020 at 6:00 pm