२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

उपत्यका छिर्ने मुख्य तीन नाकामा हेल्थ डेस्क राख्‍ने सरकारकाे तयारी

१७ साउन,  काठमाडौँ ।  उत्यकाबाहिरबाट आउने धेरैजसोमा कोरोना संक्रमण देखिन थालेपछि सरकारले काठमाडौँ उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्‍ने तयारी गरेको छ। काठमाडौँ उपत्यकामा कोरोना  संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नुपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्क राख्ने तयारी गरेको हो। मन्त्रालयका अनुसार काठमाडौँको थानकोट नागढुंगा नाका, फर्पिङ नाका र भक्तपुरको साँगा भन्ज्याङ नाकामा हेल्थ डेस्क राख्ने तयारी अघि बढाएको छ।

 ‘काेराेना जोखिम कम गर्न तीनवटै नाकामा हेल्थ डेस्‍क राख्ने तयारी भएको छ।’ अहिलेसम्म ती नाकामा बस्ने सुरक्षाकर्मीहरुले यात्रुहरुको पास विवरण हेरेर उपत्यका छिर्न दिने वा नदिने निर्णय लिने गरेका छन् । यसै साता स्वास्थ्य मन्त्रालयले नाकाबाट काठमाडौँ छिर्न लागेका १० हजार बढीको पिसिआर नमुना लिई परिक्षण गरेको थियो। त्यसमा २१ जना भन्दा बढीको कोरोना पोजेटिभ आएको छ।

प्रकाशित मिति : August 1, 2020 at 5:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/