९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

सभामुख सापकोटाको निवासमा कार्यरत १ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

१७ साउन, काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निवासमा कार्यरत १ जना सुरक्षाकर्मीमा कोरोना  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सभामुख निवासमा कार्यरत १ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि  भएकाे छ। ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित ३० जनाको स्वाब संकलन गरिएकाे छ । ती सुरक्षाकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : August 1, 2020 at 2:34 pm