९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

आज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

१७ साउन, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उहाँका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिनुभयो । उहाँले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताउनुभयो ।

“गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ।” प्रवक्ता थापाले भन्नुभयो, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।” उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । “सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ ।” थापाले भन्नुभयो

प्रकाशित मिति : August 1, 2020 at 11:23 am