९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

सत्य तथ्य सूचनाको सम्प्रेसणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुर्याउँछः सूचना आयुक्त ओली

१६ साउन, काठमाडाैँ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सत्य तथ्य सूचनाको सम्प्रेसणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने बताउनुभएको छ ।नियमनकारी भूमिकामा रहेको आयोग र सूचना दिने माध्यम पत्रकारबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउँदै राष्ट्र निर्माणमा ठूलो योगदान पुर्याउन सकिने उहाँले बताउनुभयो ।

आयोगमा भएको पत्रकार सम्मेलनमा आयुक्त ओलीले सूचना नपाउँदा जनतामा आउने अन्यौलताको अन्त्य गर्न आयोगको गठन भएको उल्लेख गर्दै सहि सूचना सम्प्रेषण गरी राज्यलाई सहयोग गर्दै जवाफदेही, पारदर्शी बनाउन भूमिका खेल्नुपर्ने बताउनभुयो ।

कोभिड-१९ का कारण कार्ययोजना अनुसार देशव्यापी कार्यक्रम सम्पन्न गर्ने वातावरण नभएपछि अवस्था सहज हुँदै गएपछि जनतालाई सूचना कसरी प्रत्याभूत गर्ने र कसरी सूचना माग्न सहजता हुन्छ भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : July 31, 2020 at 3:24 pm