२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

पाटन अस्पतालको आइसियूमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

१६ साउन, काठमाडौँ  । पाटन अस्पतालमा उपचाररत् ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत महिलाको शुक्रबार बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिएका छन्।

ललितपुर थसिखेलका बासिन्दा उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । तर हालसालै उनि वीरगन्जबाट आएकी थिइन्। स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति : July 31, 2020 at 2:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/