९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण पुष्टि

१६ साउन, काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना  संक्रमण पुष्टि भएकाे छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थप २८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन्।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बिहीबार साँझ र शुक्रबार बिहान गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको  बताए । याेसँगै प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

प्रकाशित मिति : July 31, 2020 at 11:24 am