९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

१६ साउन, काठमाडाैँ । उच्च अदालत जनकपुरका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हाे ।


न्यायाधीशसहित अन्य कर्मचारीहरुको मंगलबार स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हाे । केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : July 31, 2020 at 11:11 am