कोरोना संक्रमणबाट वीरगञ्जमा जगदम्बा इन्टरप्राइजेजका सिइओसहित ३ जनाकाे मृत्यु
१६ साउन वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । बिहिबार राति गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीय भारतीय नागरिकको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् ।
५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ हुन् । मुटुकाे रोगी रहेकाे उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन्। जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन्। युवक गत बुधबार अस्पताल भर्ना भएका थिए। उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो। उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै ७५ वर्षीय वृद्ध घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा काेराेनाकाे नतिजा पोजेटिभ देखिएको डा. सिंहले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।
प्रकाशित मिति : July 31, 2020 at 9:56 am



