काठमाडौँमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
१५ साउन, काठमाडाैँ । बिहिबार काठमाडौँमा ४१ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार देशभर २७४ जना काेराेना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको कुल संख्या १४ हजार २४८ पुगेको छ ।
प्रकाशित मिति : July 30, 2020 at 4:49 pm



