१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलामै पुग्याे ९९ हजार

१५ साउन, काठमाडाैँ । सुनको मुल्यले नयाँ रेकर्ड कायम भएकाे छ । बिहीबार छापावाल सुनको मुल्य ताेलाकाे ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९८ हजार ५६० रुपैयाँ कायम भएको छ ।

प्रतिकात्मक तस्बिर ।

यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । यस्तै, चाँदीकाे मुल्य भने स्थिर (प्रतितोला १२ सय २५ रुपैयाँ)मा छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ६५ रुपैयाँ निर्धारण भएको थियो । चाँदी भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार ११:१२