बुधबार २१० जनामा कोरोना संक्रमण पुष्टि
१४ साउन, काठमाडाैँ । बुधबार २१० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप २१० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार २७३ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार ३६० रहेका छन् ।

पछिल्लाे २४ घण्टामा १४६ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार २१ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४९ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : July 29, 2020 at 4:35 pm



