२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026

सुनको मूल्य निरन्तर बढ्दै, तोलाको ९८ हजार ५ सय पुग्याे

१४ साउन,  काठमाडौँ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य  तोलामा ३ सय रुपैयाँ बढेको छ। मंगलबार ९८ हजार २ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलाको ९८ हजार ५ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिकात्मक तस्बिर ।

आइतबार तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको सुन चार दिनको बीचमा २२ सयले बढेको छ। आज चाँदीको मूल्य भने घटेको छ। हिजो तोलाको १२ सय ४५ रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : July 29, 2020 at 11:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/