९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

१४ साउन,  काठमाडौँ । पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ​ नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिएका छन्। ‘२ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जको वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिश्वा, सिर्सियाका मानिसमा काेराेना संक्रमण पुष्टि भएको छ ।

नेपाली सेनाका १ जना,  प्रहरी ३ जना , कैदीबन्दी ६ जना , कारागारका कर्मचारी २ जना , स्वास्थ्यकर्मी १ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना कोरोना संक्रमितलाई राखिएको छ। जसमध्ये ५ जना आइसीयुमा रहेकाे उपाध्यायले बताएका छन् ।

प्रकाशित मिति : July 29, 2020 at 11:24 am