१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

शिखर इन्सुरेन्सले लिलामीमार्फत ८७ हजार ४१२ कित्ता सेयर बिक्री गर्दै

१४ साउन, काठमाडाैँ । शिखर इन्सुरेन्सले साउन २१ गतेबाट सर्वसाधारण समूहको ८७ हजार ४१२.८ कित्ता सेयर लिलामी बिक्री गर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन २८ गतेसम्म तोकिएको छ । शिखरले यसअघि असार १४ गतेबाट साउन ४ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । लिलामीको शेयर खरिद गन चाहनेले साउन २१ गतेदेखि २८ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको् छ।

लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ मार्फत आवेदन दिन सकिनेछ । कम्पनीले यही पुँजीबाट ३०% हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : July 29, 2020 at 10:20 am