९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे संख्या ४९ पुग्याे

१३ साउन, काठमाडाैँ । मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

फाइल फाेटाे

उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ति पुरुषमा दमको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : July 28, 2020 at 4:54 pm