९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मंगलबार ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १९ हजार नाघ्याे

१३ साउन, काठमाडाैँ । मंगलबार ३११ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ३११ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १९ हजार ६३ पुगेकाे छ । प्रवक्ता गाैतमका अनुसार सक्रिय संक्रमित ५ हजार १३९ रहेका छन् ।

पछिल्लाे २४ घण्टामा १२१ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १३ हजार ८७५ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४९ जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : July 28, 2020 at 4:22 pm