९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पाल्पामा पहिराेले पुरिएर १ जनाको मृत्यु

१३ साउन, पाल्पा । पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पुर्याउन थालेको रोक्न राति खेतमा गएका अर्याललाई असर्दीको बतासेखोला छेउमा आएको पहिराले बगाउँदा मृत्यु भएको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । पहिराले बगाएर अर्याललाई १० मिटर तल लगेको थियो ।

प्रकाशित मिति : July 28, 2020 at 12:02 pm