९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

दैनिकीको प्रबन्ध निर्देशकमा अनुजकुमार श्रेष्ठ नियुक्त

१३ साउन, काठमाडाैँ । दैनिकी डट कमको प्रबन्ध निर्देशकमा अनुजकुमार श्रेष्ठ नियुक्त भएका छन । अनुपम मिडिया प्रालिको सञ्चालक समितिको बैठकले नुवाकोट स्थायी घर भएका श्रेष्ठलाई मंगलबारदेखि लागू हुनेगरी दैनिकी डटकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको अध्यक्ष पवित्रा मुडभरीले जानकारी दिइन ।

बिगत दुई दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा क्रियाशिल श्रेष्ठको विभिन्न संस्थाको नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ । संस्थागत व्यवस्थापनमा अब्बल श्रेष्ठसँग यसअघि मेटलाइफ इन्स्योरेन्स र साकुरा नेपाल कन्सल्टेन्सी लगायतका संस्थामा लामो समय काम गरेको अनुभव रहेको छ ।

सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशिल श्रेष्ठ लायन्स क्लब इन्टरनेशलन डिस्ट्रिक ३२५ बी १ काे रिजन चेयरपर्सन छन भने नुवाकोट सरोकार समाजका महासचिव हुन । समसामयिक विषयमा कलम चलाउँदै आएका श्रेष्ठलाई प्रबन्ध निर्देशकको रूपमा सफल कार्यकालका लागि दैनिकी परिवार शुभकामना व्यक्त गर्दछ ।

प्रकाशित मिति : July 28, 2020 at 8:25 am