९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सुनसरीको धरानस्थित तरकारी बजारमा आगलागी, ५२ लाख बराबरको क्षति

१२ साउन,  सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा आगलागी हँुदा रु ५२ लाख ६३ हजार बराबरको क्षति भएको छ । विद्युत् चुहिएर भएको आगलागीमा परेर आज बिहान ११ वटा पसल जलेर नष्ट हुँदा रु ५२ लाख ६३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा फलफूल, तरकारी, कस्मेटिक, किराना पसल र होटल जलेर पूर्णरूपमा नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

फाइल फाेटाे

आगलागीमा परेर रमा चौहान खतिवडा, कल्पना तामाङ, ओसिन श्रेष्ठ, सविता खनाल लिम्बू, ज्ञानकुमार श्रेष्ठ, अनिता आचार्जु, नीरा निरौला, इन्दिरा श्रेष्ठलगायतको पसल र पसलमा भएका विभिन्न सामग्री, पैसा, फर्निचरका सामग्रीसमेत जलेर पूर्णरूपले नष्ट भएको हो । स्थानीयवासी, धरान उपमहानगरपालिकाको वारुणयन्त्र, नगर प्रहरी र जनपद प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : July 27, 2020 at 2:06 pm