१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राष्ट्र बैंकले सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

११ साउन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार ट्रेजरी बिल बिक्री हुन लागेको जनाएको हो । ट्रेजरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार २१:१६