९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सप्तरीमा न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि

११ साउन, काठमाडाैँ । सप्तरीको राजविराजमा एक जना न्यायाधीशमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । आइतबार उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमणको पुष्टि भएको हो।

आइतबार तिरहुत गाउँपालिका-२ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । राजविराज नगरपालिकामा तीन दिनदेखि निषेधाज्ञा जारी छ। बजार सुनसान छ । सडकमा अत्यावश्यक बाहेकका गाडी गुडेका छैनन्।

प्रकाशित मिति : July 26, 2020 at 6:00 pm