१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आइतबार दोहोरो अंकले बढ्याे शेयर बजार, १ अर्ब ९४ करोड बढीकाे काराेबार

११ साउन, काठमाडाैँ । आइतबार शेयर बजार दोहोरो अंकले बढेकाे छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक २२.४० अंकले बढेर एक हजार ४६५.१० मा पुगेकाे नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ । नेप्से १.५५ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ अंकले बढेर ३०७.५३ मा पुगेको छ ।

१ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३ सय ८० रुपैयाँ बराबरको ४४ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कारोबारमा आएको मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन ६८ रुपैयाँ बढेर ७५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। एक्विजीशनका कारण लामो समय कारोबार रोक्का रहेको यस लघुवित्तको शेयर कारोबार गत सातादेखि खुला भएको थियो। सोही कारण यस लघुवित्तमा लगानीकर्ताहरु आकर्षित भएका हुन्।

यस्तै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ प्रतिशत बढेको छ। त्यसैगरी, जोशी हाइड्रोपावर र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य यस दिन ८ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार बेष्ट फाइनान्सको शेयरमूल्य सर्वाधिक ६.५४ प्रतिशत घटेको छ। अन्य कम्पनीहरुको शेयरमूल्य भने ४ प्रतिशतभन्दा कम दरमा घटेको छ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। सो इन्स्योरेन्सको यस दिन २५ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार ७९९ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन पुनर्बीमा कम्पनी कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको हाइड्रोपावर र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन घटेको हो।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १५:२९