आइतबार मोरङमा २२ र इलाममा ९ जनामा काेराेना संक्रमण पुष्टि
११ साउन, विराटनगर। प्रदेश १ मा आइतबार ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । प्रदेश १ मा आज १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिलार ४ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश१मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।
प्रकाशित मिति : July 26, 2020 at 2:54 pm



