१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ९६ हजार ३ सय पुग्याे

११ साउन, काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु ५०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९५ हजार ८६० निर्धारण गरिएको छ ।

प्रतिकात्मक तस्बिर ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि रु पाँचले वृद्धि भएको छ । साउन १ गते एक तोला चाँदी रु एक हजार पाँचमा कारोवार भएकामा आज सोही परिमााणको सेतो धातुको मूल्य रु एक हजार १५५ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार १२:०९