१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

साउन १९ गतेबाट प्रभु बैंकले १० प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री गर्ने

११ साउन, काठमाडाैँ । साउन १९ गतेबाट प्रभु बैंकले २० लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । जसमध्ये ८ लाख युनिट सर्वसाधारणका लागि खुला हुने बैँकले जनाएकाे छ । यस्तै सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा कर्पोरेट हाउस तथा अन्य संस्थाहरुलाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने जनाएकाे छ । न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०% प्रभु बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केएर नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ ।

छिटोमा साउन २३ गते सम्म यो ऋणपत्रमा आवेदन दिन सकिनेछ । उक्त अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आईतवार ११:१५