९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

शुक्रबार काठमाडौँ उपत्यकामा थप १० जनामा काेराेना संक्रमण पुष्टि

९ साउन , काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकामा  थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार काठमाडौँ उपत्यकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएका हुन्।

उनका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ भने त्रिवि शिक्षण अस्पताल महारागन्जमा गरिएको परीक्षणमा ५ जनामा पुष्टि भएकाे छ।  ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा शुक्रबार १ सय ३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जनाएको छ।

प्रकाशित मिति : July 24, 2020 at 5:10 pm